वीरगन्ज :

नागरिकता र मताधिकार सुनिश्चित गर्न गैरआवासीय नेपालीको माग

श्रेणी : समाचार

3 years
birgunj report
28Views
0 Shares

काठमाडौं । गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता र मताधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

स्वीडेनको राजधानी स्टकहोममा २४–२५ सेप्टेम्बरमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४औं क्षेत्रीय बैठकले नागरिकता विधेयकलाई आमसहमतिको आधारमा मूर्तरुप दिएर गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेको हो।

नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ७ वर्ष पछि संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पुगेको नागरिकता सम्बन्धी विधेयक अघि बढ्न नसक्दा आमगैरआवासीय नेपाली समुदायलाई दुःखित बनाएको बताइएको छ ।

यसैगरी, विदेशमा रहेका नेपालीहरूको पैत्रिक सम्पत्ति तथा मताधिकारको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न सरकार र राजनीतिक दलहरुलाई अनुरोध गरिएको छ।

विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको स्मरण गर्दै तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित बैठकले माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *