वीरगन्ज :

नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गर्नु सामान्य विषय होइनः लोसपा

श्रेणी : BANNER

2 years
birgunj report
65Views
0 Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकताका विषयमा न्यायालय अनुदार रहेको टिप्पणी गरेको छ । बिहीबार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले विज्ञप्ति जारी गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई कार्यान्वयन हुनबाट सर्वोच्च अदालतले रोकेकोमा आपत्ति जनाएका छन् ।

उनले सर्वोच्चका कारण नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था आएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नागरिकता नागरिकको प्रथम अधिकार हो। नागरिकका सन्तानले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गर्नुपर्ने कस्तो राज्य, कस्तो लोकतन्त्र कल्पना गरेका छौं!’

नागरिता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिइरहेका निरजकुमार कामतले आत्मदाहको प्रयास गरेका थिए। अहिले उनको उपचार भइरहेको छ ।

विज्ञप्तीमा महतोले संविधानले व्यवस्था गरे अनुसार नै नागरिकता विधेयक आएको उल्लेख गर्दै यसलाई सर्वोच्चले रोकेर अन्याय गरिरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताबारे न्यायालय सधैं अनुदार रहेको आम अनुभूति छ । नागरिकता ऐन विरुद्ध सर्वोच्चमा रिट पर्यो, तत्काल कार्यान्वयन नगर्ने अन्तरिम आदेश भयो। २०७९ असोज ६ मा पूर्व राष्ट्रपतिद्वारा किन प्रमाणित भएन भनेर परेका पाँच वटा रिटमा सर्वोच्च आफैंले दिएको कारण देखाउ आदेशलाई टुङ्गोमा पुर्याएको छैन, तर कार्यान्वयन नगर्ने आदेश भने तत्कालै दिएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *