वीरगन्ज :

नागरिकता ऐन संशोधन विधेयक फास्ट ट्रयाकमा, आजै पारित गर्ने तयारी

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
1.7kViews
1110 Shares

काठमाडौँ,०६ चैत । सरकारले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ लाई फास्ट ट्रयाकमा अगाडि बढाएको छ ।

विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा नगरेर सदनबाटै पारित गर्ने तयारी छ । यससम्बन्धी कार्यसूची बुधबारका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
यो विधेयकमाथि प्राप्त संशोधनहरुलाई आजै सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि गृहमन्त्री लेखकले नागरिकता ऐन संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको हो ।

संसदमा विधेयक दर्ता भएपछि पारित गर्ने मुख्यतः दुईटा विधि हुन्छन् । पहिलो सभामा मात्रै छलफल गरेर पारित गर्ने र दोस्रो सभाले समितिमा पठाउने अनि समितिको प्रतिवेदन अनुसार पारित गर्ने हो । पहिलो विधिलाई फास्ट ट्रयाक विधिको रुपमा लिइन्छ । दोस्रो विधि अन्तर्गत संसदीय विषयगत समितिमा पठाएको खण्डमा सैद्धान्तिक छलफलदेखि सरोकारवालाहरूसँग समेत छलफल हुन्छ ।

दफावार छलफलका सांसदहरूको संशोधन र विधेयक एकैठाउँ राखेर छलफल गरिन्छ । सदनमा मात्रै छलफल गर्दा सरोकारवालाहरूले राय दिन पाउँदैनन् । संशोधनकर्ता सांसदहरूले पनि सरकारलाई कन्भिन्स गर्ने प्रयाप्त मौका पाउँदैनन् । यस्तोमा सरकारले ल्याएको विधेयक नै जस्ताको तस्तै पारित हुने गर्दछ ।

नागरिकता ऐन संशोधन विधेयक सरकारले १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाबाट पारित गर्ने तयारी छ । यसका अलावा प्रतिनिधि सभामा बुधबार गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछदन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *