
श्रेणी : प्रदेश
काठमाडौं,१६ माघ । सरकारले नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गर्ने प्रस्तावसहित नागरिकतासम्बन्धी संशोधन विधेयक दर्ता प्रक्रियामा अघि बढाएको छ। यसले नागरिकतामा बुबाको नाम नचाहने व्यक्तिहरूको मागलाई सम्बोधन गर्नेछ।
गृहमन्त्री रमेश लेखकले मंगलबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको लागि संसद् सचिवालयमा पत्राचार गरेका छन्।
प्रस्तावित विधेयकको दफा ४ अनुसार, यदि नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले बाबुको नाम, थर र ठेगाना नागरिकता प्रमाणपत्रमा नचाहने भनेमा त्यस्तो व्यक्तिलाई बाबुको नाम बिना नागरिकता प्रमाणपत्र दिइने व्यवस्था गरिएको छ।
विधेयकले बाबु वा आमामध्ये कुनै एकको नेपाली नागरिकता प्राप्त गरेपछि अर्कोको नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएको वा सम्पर्कविहीन रहेको अवस्थामा पनि वंशजको आधारमा नागरिकता दिने प्रस्ताव राखेको छ।
यसैगरी, नागरिकता प्राप्त गर्न चाहने व्यक्तिको शैक्षिक प्रमाणपत्र वा अन्य कागजातमा बाबुको नाम भए पनि नागरिकतामा यसलाई अनिवार्य नगर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया