श्रेणी : अन्तर्राष्ट्रिय
नाइजरमा राष्ट्रपतिलाई अपदस्थ गरिएपछि उक्त कदमका समर्थकहरूले राष्ट्रपतिको दलको मुख्यालयमा आक्रमण गरेका छन् । उनीहरूले त्यहाँ ढुङ्गामुढा गर्नुका साथै भवन तथा र सवारीसाधनहरूमा आगजनी पनि गरेका छन् ।
विद्रोही नेताहरूको समर्थनमा संसदबाहिर भेला भएका मानिसहरूको भिडबाट निस्किएको एउटा समूहले आगजनी गरेको थियो। संसद् भवनबाहिर रुसको झण्डा प्रदर्शन गरिएको थियो ।
बुधबार राष्ट्रपति मोहम्मद बाजूमलाई बन्धक बनाउने सैन्य समूहलाई पछि सेनाले पनि समर्थन दिने बताएको छ । रुसले पनि अन्य देश तथा संयुक्त राष्ट्रसङ्घले जस्तै बाजूमको रिहाइको माग गरेको छ ।
दुई वर्षअघि नाइजरको राष्ट्रपतिमा निर्वाचित भएका ६४ वर्षीय बाजूम पश्चिम अफ्रिकामा इस्लामिक लडाकुहरूविरुद्ध जारी लडाइँमा पश्चिमी मुलुकलाई सहयोग गर्ने प्रमुख पात्र हुन् । नाइजरमा यूरेनियम खानी छ। त्यहाँ पूर्वऔपनिवेशिक शक्ति अमेरिका र फ्रान्स दुवैका सैन्य शिविरहरू छन्। ती दुवैले अहिलेको ’कू’ को निन्दा गरेका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बाजूमलाई वाशिङ्टनले ’अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घले नाइजरमा आफ्नो मानवीय सहायता कार्य स्थगन गरेको जनाएको छ ।
प्रतिक्रिया