वीरगन्ज :

नवौँ राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको कास्य बागमतीलाई

श्रेणी : खेलकुद

2 years
birgunj report
5Views
0 Shares

कास्की । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर ८७ रन बनायो ।

अठासी रनको विजय लक्ष्य बागमतीले १६ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिइन् । उनले २१ बलमा एक छक्का र छ चौका प्रहार गरिन् ।

यस्तै अस्मिता खरेलले २०, अनिशा मजाकोटीले अविजित १० तथा कञ्चन श्रेष्ठले १० रन बनाइन् । बलिङतर्फ लुम्बिनीका लागि कृतिका मरासिनीले दुई तथा सुस्मिता भुषालले एक विकेट लिइन् ।

यसअघि लुम्बिनीका लागि ब्याटिङ गर्ने क्रममा सरस्वती जीएमले ३० रन बनाइन । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ बागमतीका लागि विपिशा शाहीले चार, खुसी डङ्गोलले तीन तथा सोनी पाख्रिनले दुई विकेट लिइन् । अहिले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच पोखरा रंगशालामा खेल हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *