श्रेणी : दुर्घटना
2.5kViews
1301
Shares
नवलपरासी,१८ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा गएराति भएको कन्टेनर र ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी मधु नेपालका अनुसार कन्टेनर चालक माधव पंज्ञनीको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।
दुर्घटनामा कन्टेनरका सहचालक रामबहादुर सार्की र ट्रक चालक बिचबहादुर थिङ घाइते भएका छन्। उनीहरूको भरतपुरस्थित अलाईभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना नारायणघाटबाट बुटवलतर्फ गइरहेको ना २ क ११९ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आइरहेको प्र २–०३००१ ख ४०५६ नम्बरको ट्रक एक–अर्कामा ठोक्किँदा भएको हो।

प्रतिक्रिया