वीरगन्ज :

नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं ।   प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण आज हुँदैछ । आज दिउँसो एकबजे नयाँबानेश्वरस्थित संसद् भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरुलाई शपथ खुवाउने छन्।

राणाले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा शपथ लिएका थिए। यस्तै संसद् सचिवालयले सबै सांसदहरुलाई शपथ ग्रहणका लागि निर्वाचित भएको प्रमाणापत्र लिएर आउन अनुरोध गरेको छ।

शपथ ग्रहण भएलगत्तै उनीहरुलाई संसद्को लोगो प्रदान गरिने सचिवालयले जनाएको छ। यस्तै शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहनेका लागि भने ११ बजेसम्मको समय दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *