
श्रेणी : BANNER
15Views
0
Shares
काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन् । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपतिले महतो र कुमारीलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया