वीरगन्ज :

नवनियुक्त मन्त्री कुशवाहा र जनमत नेताहरूबीच भेटवार्ता

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.7kViews
1914 Shares

जनकपुर,११ जेठ । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा हालै नियुक्त भएका इन्जिनियर बसन्त कुमार कुशवाहाले आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। राजधानीको नयाँ बानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा मधेसको औद्योगिक विकास, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई लिएर महत्वपूर्ण छलफल भएको जनाइएको छ।

पार्टी अध्यक्ष राउत, उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरद सिंह यादव लगायत नेताहरूको उपस्थितिमा मन्त्री कुशवाहालाई मधेस प्रदेशमा उद्योग र रोजगारीको समग्र अवस्था अध्ययन गरेर दीर्घकालीन योजना ल्याउन सुझाव दिइएको थियो।

“मधेसमा उद्योग–कलकारखाना थुप्रै छन्, तर तीको उपयोग र विस्तारमा ठोस कदम नचालिँदा रोजगारीको अवसर सिर्जना हुन सकेको छैन,” प्रवक्ता यादवले बताए, “अब मन्त्रालयको नेतृत्वमा रहेर कुशवाहाले त्यो खाडल पूर्ति गर्ने अपेक्षा लिइएको छ।”

त्यस्तै, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको अपार सम्भावना बोकेको मधेसमा गन्तव्य पर्यटनको विकास गर्न अनुसन्धानमूलक पहल आवश्यक रहेकोमा नेताहरूले जोड दिएका छन्।

गत बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद पुनर्गठन गर्दै जनमत पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाएर इन्जिनियर बसन्त कुमार कुशवाहालाई नयाँ जिम्मेवारी दिएका थिए। मन्त्री पद सम्हालेपछि पार्टी नेतृत्वसँग मन्त्री कुशवाहाको यो पहिलो औपचारिक भेट हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *