वीरगन्ज :

नयाँ पुस्तासँग नयाँ धेरै छ, सबैले सिक्नु पर्छः अध्यक्ष ओली

श्रेणी : राजनीति

1 year
birgunj report
57Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तासँग नयाँ धेरै चीज रहेको बताएका छन् । शनिवार भक्तपुरमा भएको बासँग बालबालिका कार्यक्रममा अध्यक्ष ओलीले नयाँबाट सबैले सिक्नुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन बालबालिकालाई आग्रह गरे । उनले भने,’स-साना बालबालिकाले आयोजना गरेको कार्यक्रम, कस्तो राम्रो व्यवस्थापन ! नयाँ पुस्तासँग नयाँ धेरै छ, सबैले सिक्नु पर्छ । नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ । पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् । मेहनती बन्नुस् ।’उनले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेकाले युवा हस्तक्षेपको आवश्यकता रहेको बताए । उनले सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेकाले यसपछि देश सुध्रिने बाटोमा जानैपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *