वीरगन्ज :

नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रम फैलाएर पार्टीको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको भन्दै कांग्रेसको आपत्ति

श्रेणी : समाचार

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे पुस २६ गते निर्णय गर्ने भएको छ ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकले पुस २६ गते बस्ने संसदी दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले भने, ‘२६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीज्यूले विश्वासको मत पेस गर्नुहुन्छ । २६ गतेको प्रक्रियाका बारेमा पनि जानकारी गराइयो । अर्को बैठक २६ गते बिहान ९ बजे संसदीय दलको बैठक बस्छ । त्यही बैठकबाट हामी विश्वासको मतका बारेमा निर्णय गर्नेछौँ । विश्वासको मत दिने नदिने भन्नेबारेमा विश्वासको मत लिने दिन नै काँग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय हुनेछ ।’

आजको बैठकले सिंगो पार्टी एकवद्ध भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको बताए । यसैबीच महामन्त्री गगन थापाले नेपाली पार्टी केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए ।

उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने बताए ।

उनले भने, ‘नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्दैछ । त्यो बैठकमा निर्वाचनको, राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रुपमा छलफल गर्नेछौँ ।’

उनले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर काँग्रेसको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको बताए ।

उनले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरुसँग पार्टीका सभापति शेरबहादुर देउवाको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको स्पष्ट पारे । महामन्त्री थापाले केन्द्रीय समितिको बैठकबाट नीति अधिवेशनको तिथि,मिति, ठाउँ तय हुनेपनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *