काठमाडौँ,०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीका विषयमा जानकारी गराइनेछ। साथै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्यदिशाबारे पनि छलफल गरिने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी कुल एक सय ८२ सिट जित्न सफल भएको छ।
यसैबीच पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थित हुन आग्रह गर्दै छबुँदे निर्देशन जारी गरेका छन्।

प्रतिक्रिया