श्रेणी : BANNER
काठमाडौं । चीनले नेपाललाई भ्रमण गन्तब्यको सूचीमा राखेपछि चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । यसैक्रममा बिहीबार चिनियाँ पर्यटकहरु जहाज चार्टर्ड गरेर नेपाल आएका छन् । टोलीमा १८१ जना चिनियाँ पर्यटकहरु रहेका छन् ।
चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री सुदन किराती, नेपालस्थित चिनियाँ राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए । पर्यटनमन्त्री किरातीले चिनियाँ पर्यटक यसरी जहाज चार्टर्ड गरी आउनु सुखद भएको बताए ।
उनले भने, ‘नयाँबर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद । भोलिदेखि नयाँवर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ । मलाई बिश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’
प्रतिक्रिया