वीरगन्ज :

नबिलको ३० प्रतिशत लाभांश पारित

श्रेणी : अर्थ

2 years
birgunj report
41Views
0 Shares

काठमाडौं । नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ । शुक्रवार बैंकको ३८ औं वार्षिक साधारणसभाले ३० प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी यसवर्ष २७ अर्ब नाघेको छ ।

साधारणसभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक निर्वाचित गरेको छ । नबिल बैंक आर्थिक वर्ष २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *