वीरगन्ज :

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी परिचालन

श्रेणी : अपराध

4 months
Pradeep Sah
1.7kViews
1818 Shares

जनकपुरधाम, १२ माघ । धनुषाको कमला नदीबाट भइरहेको अवैध उत्खननलाई रोक्न जिल्ला प्रहरी कार्यालयले कडाइका साथ प्रहरी परिचालन गरिरहेको छ ।

लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो ।पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै अवैध गिटी, बालुवाको उत्खनन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध उत्खननमा संलग्न ट्र्याक्टर तथा उपकरण नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *