वीरगन्ज :

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो : वडा–१६ चुनावी किल्ला बन्दै

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.7kViews
1016 Shares

वीरगञ्ज, ८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का लागि जनमत पार्टी का उम्मेदवार ओमप्रकाश सर्राफ यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय देखिएका छन्। विशेषगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवा क्षेत्रमा उनी समर्थक र स्थानीयवासीसँग छलफल गर्दै चुनावी समर्थन जुटाइरहेका छन्।

स्थानीय तहमा लामो समयदेखि सामाजिक तथा व्यावसायिक सम्बन्ध बनाएका कारण वडा नम्बर–१६ सर्राफका लागि बलियो आधार क्षेत्र बन्दै गएको उनका समर्थकहरूको दाबी छ। घरदैलोका क्रममा उनले मधेशको अधिकार सुनिश्चित गर्ने, पारदर्शी शासन प्रणाली स्थापना गर्ने तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

सर्राफले रोजगारी सिर्जना गर्ने वातावरण निर्माण, कृषि क्षेत्रको आधुनिकीकरण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको पहुँच विस्तारलाई मुख्य एजेण्डा बनाएर मतदातामाझ पुगेको बताए। विकासका कामलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने स्पष्ट योजना भएकाले आफूलाई समर्थन गर्न उनले आग्रह गरेका छन्।

उनका अनुसार स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने र आधारभूत सेवा सुधार गर्ने कार्यक्रममार्फत क्षेत्रको समग्र विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन्। घरदैलो अभियानका क्रममा स्थानीयवासीले पनि रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सुधारको अपेक्षा राख्दै आफ्ना सुझाव प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *