वीरगन्ज :

नक्कली शरणार्थी प्रकरण छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरौंः सांसद केसी

श्रेणी : BANNER

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले यस प्रकरणको निष्पक्ष छानविनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्न माग गरेका हुन् ।

केसीले अन्य मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरु कारबाहीमा परेको भन्दै हाम्रोमा पनि यो घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने,‘बंगलादेशकी प्रधानमन्त्री बेगम खालिदा जियादेखि नवाज सरिफसम्म कारबाहीमा परेका छन् । हाम्रोमा पनि कमसेकम भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गरी निश्चित समयमा टुंगो लगाऔं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *