वीरगन्ज :

नक्कली शरणार्थी प्रकरणः प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।

सोमबार दिउँसो प्रहरीले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन वकिलको कार्यलायलाई बुझाएको हो ।

अब अब फाइल अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ । १६ जना पक्राउ र बाँकी १७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ।

प्रहरीले उनीहरुलाई संगठित ठगी, कीर्तेसम्बन्धी कसुर र राज्यविरुद्धको अपराधको कसुर लगाउनुपर्ने राय दिएको छ । प्रहरीले यस प्रकरणमा चैत १२ गतेबाट अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *