
श्रेणी : BANNER
काठमाडौ । भ्रष्टाचारको विरुद्धमा सरकारले देखाएको तदारुकता र पहलकदमीको पक्षमा ऐक्यबद्धता र ‘सामसुम नपारियोस्’ भन्ने खबरदारी सहित बृहत् नागरिक आन्दोलनका अगुवाहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।
शुक्रबार डा. संजिव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापा लगायत नागरिक अगुवाले गृहमन्त्रीसँग भेट गरेका हुन् ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले ऐक्यबद्धता र खबरदारीको लागि धन्यवाद ज्ञापन गर्दै बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका अभियोगीहरू अदालतबाट समेत उम्किन नसक्ने विश्वास गरे ।
साथै उनले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताएका छन् । नागरिक आन्दोलनका अगुवाको आशंका र प्रश्नलाई आश्वस्त पार्दै उपप्रधानमन्त्री श्रेष्ठले शरणार्थी प्रकरण सम्बन्धि थप अनुसन्धानलाई जारी राखिने बताए ।

प्रतिक्रिया