वीरगन्ज :

नक्कली परीक्षार्थीसहित तीन जना पक्राउ

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
2.7kViews
1717 Shares

कञ्चनपुर,१२ फागुन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा नक्कली परीक्षार्थी बनाएर परीक्षा दिने र दिन लगाउने तीन जना कञ्चनपुर प्रहरीले पक्राउ गरेका छन्।

शनिबार यातायात व्यवस्था कार्यालय, कञ्चनपुरमा लिइएको लिखित तथा प्रयोगात्मक परीक्षामा अरुको नाममा परीक्षा दिने दुई जना र परीक्षामा सहभागी गराउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिइन्।

पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका–६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट–५ का अस्मित डगौरा, परीक्षा दिन लगाउने सुवास डगौरा तथा भीमदत्त नगरपालिका–६ का अमरसिंह धामी रहेका छन्।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टका अनुसार उनीहरूले अन्य दुईजनाको हाजिरी गराएर परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन्। “नक्कली परीक्षार्थी प्रयोग गरेर नियम उल्लंघन गरेको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो,” भट्टले भने।

हाल तीनै जनालाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *