वीरगन्ज :

धोबिनी गाउँपालिकाका विवादित लेखापाल अकलेश सहनीमाथि कमिशन काण्ड, सेवाग्राहीहरू हैरान

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.9kViews
1908 Shares

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा कार्यरत लेखापाल अकलेश सहनी विकास निर्माण कार्यको भुक्तानीमा कमिशन माग गर्दै आएको आरोप लागेको छ। प्रमुख प्रशासकीय अधिकृतको निर्देशनपछि समेत भुक्तानी प्रक्रिया रोक्दै आएका सहनीले “कमिशन नफिक्स भएसम्म पैसा नदिने” नीति लिएको ठेकदारहरूको आरोप छ।

एक ठेकदारले नाम नखुलाउने सर्तमा भने, “लेखापाल सहनीले कमिशन नपाए भुक्तानी दिन मानेनन्। उनी कमिशन आउने योजनामात्र पास गर्छन्, नत्र ‘पैसा छैन’ भन्ने बहाना गर्छन्।”

स्रोतहरूका अनुसार, सहनीले छोटो अवधिमा करोडौंको सम्पत्ति जोड्न सफल भएका छन्, जसमा घरजग्गा खरिददेखि व्यक्तिगत सम्पत्ति वृद्धि उल्लेख्य छ। उनको काम गर्ने शैली विवादास्पद भएको र आफूलाई “बाहुबली लेखापाल” जस्तो प्रस्तुत गर्ने गरेको स्थानीयहरूको भनाइ छ।

यसअघि पनि सहनी छिपहरमाई गाउँपालिकामा कार्यरत हुँदा गाउँपालिका अध्यक्षसँगै हात हालाहाल गरेको र त्यसपछि निजामती कर्मचारी संगठनको सिफारिसमा धोबिनी गाउँपालिकामा सरुवा गरिएको थियो।

नारायणी अस्पतालमा कार्यरत रहँदा महिला कर्मचारीसँग दुर्व्यवहार गरेको आरोपमा समेत उनी मुछिएका थिए। सो विषयमा छानबिन समिति गठन भएको र पीडितसँग माफी मागेपछि मात्र विवाद साम्य भएको थियो।

यस्तै, जिराभवानी र सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत रहँदा पनि उनले लफडा सिर्जना गरेपछि त्यहाँबाट लखेटिएको स्थानीयहरूको दाबी छ।

सेवाग्राहीहरूका अनुसार सहनी कहिलेकाहीं मात्र कार्यालय पुग्छन् र घरबाटै ‘कमिशन मिलेको’ योजनाको भुक्तानी प्रक्रिया अगाडि बढाउने गरेका छन्। भुक्तानी रकमलाई उनी आफ्नै सम्पत्ति सरह प्रयोग गर्ने प्रवृत्तिमा रहेको आरोप पनि छ।

स्थानियबासी र सेवाग्राहीहरूले लेखापाल सहनीको कार्यशैलीको छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *