वीरगन्ज :

धरानमा लागुऔषधसहित पाँच जना पक्राउ

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
3.0kViews
1901 Shares

जनकपुर,२२ पुस । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ७ मा ट्रामाडोल र स्पासपेनजस्ता प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा आइतबार मध्यरात कोशी राजमार्गमा सञ्चालन गरिएको प्रहरी अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

वडा प्रहरी कार्यालय धरानका अनुसार, पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, सुनसरीको धरान वडा नं. १९ का २१ वर्षीय रोहित कार्की, र सोही ठाउँका १९ वर्षीय अनुराग राई छन्।

पक्राउ परेका व्यक्तिहरूको झोला चेकजाँच गर्दा प्रतिबन्धित औषधी स्पासपेन ३०० ट्याब्लेट र ट्रामाडोल ३०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताए ।

पछिल्ला दिनमा सुनसरीमा लागुऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि प्रहरीको सक्रियता बढिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *