वीरगन्ज :

धनुषामा विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादी पक्राउ

श्रेणी : अपराध

6 hours
Pradeep Sah
2.9kViews
1401 Shares

जनकपुर,०६ वैशाख । धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट सजाय तोकिएर फरार रहेका उनीहरूलाई खोजी गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

धनुषा जिल्ला अदालतको आदेशअनुसार कैद तथा जरिवाना तिर्न बाँकी रहेका ती व्यक्तिहरूलाई विशेष सुराकी सूचनाका आधारमा विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार सबै प्रतिवादीहरू कुटपिटसम्बन्धी मुद्दामा दोषी ठहरिएका हुन्।पाँच जनालाई अदालतले एक–एक हजार रुपैयाँ जरिवाना तोकेको थियो, जुन उनीहरूले नतिरेपछि पक्राउ गरिएको हो।

एक जना प्रतिवादीलाई भने ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले यस्ता फरार अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाउने अभियानलाई निरन्तरता दिइरहेको बताएको छ। प्रहरीका अनुसार कानुनी शासनको पालना र अपराधमुक्त समाज निर्माणका लागि यस्ता कारबाही अझ प्रभावकारी ढंगले अघि बढाइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *