
श्रेणी : अपराध
धनुषा,१३ माघ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ। धनुषाधाम नगरपालिका–५ पर्वताका देवलाल ठाकुरकी श्रीमती, जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया सँगीता ठाकुरको हत्या भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार, राति करिब २ः३० बजे देवलाल ठाकुर र उनकी श्रीमती संगीताबीच विवाद भएको थियो। विवादका क्रममा देवलालले लौरो प्रहार गरी संगीताको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।
स्थानीयका अनुसार देवलाल ठाकुरको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ। घटना पछि प्रहरीले देवलाललाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
यसैगरी, शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास फैलाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र प्राप्त प्रमाणको आधारमा कानूनी प्रक्रिया अघि बढाइने बताएको छ।


प्रतिक्रिया