वीरगन्ज :

धनुषामा रेलले किचेर एक जनाको मृत्यु

श्रेणी : समाचार

2 years
birgunj report
9Views
0 Shares

धनुषा  । रेलले किचेर धनुषामा एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएका व्यक्तिको रेलले किचेर ज्यान गएको प्रहरीको भनाइ छ । रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर लिकमा खसेका ती व्यक्तिको ज्यान गएको नेपाल रेल्वे महाप्रबन्धक निरञ्जन झाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *