वीरगन्ज :

धनुषामा महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला, श्रीमान् पक्राउ

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.5kViews
1788 Shares

जनकपुरधाम,११ पुस । धनुषाको मिथिला नगरपालिका–३ मा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। बुधबार राति हरिहरपुरस्थित मुसहरीटोलमा ४८ वर्षीय रेशमीदेवी मुखिया बिनको शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा भेटिएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार हत्याको आरोपमा रेशमीदेवीका श्रीमान् दशैया मुखिया बिनलाई पक्राउ गरिएको छ।

मंगलबारदेखि हराइरहेकी रेशमीदेवीलाई खोजी गर्ने क्रममा शव फेला परेको स्थानीयले बताएका छन्। घटनास्थलमा पुगेको प्रहरीले प्रकृति मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ।

रेशमीदेवीलाई दशैया मुखियाले हत्या गरी गाडेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *