वीरगन्ज :

धनुषामा प्रहरीको भ्यानबाट हत्कडीसहित बलात्कारका अभियुक्त फरार

श्रेणी : समाज

2 years
birgunj report
9Views
0 Shares

जनकपुरधाम । धनुषामा प्रहरी भ्यानबाट हामफालेर एक थुनुवा फरार भएका छन् । बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका वडा नम्बर १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् ।

जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा आइतबार साँझ यदुकोहाबाट मुखिया फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

रातभर प्रहरीले उनको खोजी गरेपनि फेला परेका छैनन् । केही दिनअघि पनि धनुषामा थुनुवा कक्ष फाडेर ६ फरार भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *