वीरगन्ज :

धनुषामा प्रधानाध्यापक र शिक्षकबिच घम्साघम्सी

श्रेणी : अपराध

2 months
Pradeep Sah
3.0kViews
1770 Shares

जनकपुर,२७ माघ । पेस्की रकमको विषयमा विवाद हुँदा धनुषाको कमला नगरपालिकामा शिक्षक र प्रधानाध्यापकबिच घम्साघम्सी भएको छ ।

धनुषाको कमला नगरपालिका वडा नम्बर–२ स्थितको जनहित मावि माठि झिठकैयामा शिक्षकले मागेको पेस्की रकम नदिँदा विवाद भएको हो । जनहित माविका प्रधानाध्यापक जगरनाथ यादव र निमावि राहतका शिक्षक रोहित यादवबिच आइतबार बिहान स्कुलमै घम्साघम्सी भएको हो ।

शिक्षक यादवले आफ्नो आमा बितेको भन्दै प्रधानाध्यापक जगरनाथ यादवसँग पेस्की रकम माग गरेका थिए । यही पेस्की रकम दिन आलटाल गरेपछि विवाद भएको शिक्षक यादव बताउँछन् ।

कुरा गर्दै शिक्षक यादवले भने, ‘मेरो आमा बित्नुभएको छ, सोही कामका लागि क्रिया खर्च मागेको हुँ । तर त्यो पैसा दिन नखोज्दा विवाद भएको हो । कुटाकुट त होइन तर घम्साघम्सी भएको हो ।’

उनका अनुसार प्रधानाध्यापकले आफ्नो समर्थक शिक्षकलाई चाहेको बेला पेस्की रकम दिने गरेका छन् । उनले भने, ‘तर, मैले आमा बित्दा पेस्की रकम मागेको हुँ, त्यसमा पनि उहाँबाट आलटाल भयो, त्यहीँ भएर विवाद सृजना भएको हो ।’ शिक्षक यादवले क्रिया खर्चका लागि ५० हजार रुपैयाँ पेस्की रकम माग गरेको बताए ।

यता प्रधानाध्यापक जगरनाथ यादवले पनि पेस्की रकम नदिँदा विवाद भएको स्वीकारेका छन् । उनले भने, ‘मसँग शिक्षक रोहितले ५० हजार रुपैयाँ क्रिया खर्चबापत पेस्की मागेका थिए । तर अहिले पैसा छैन, २५ हजार दिन्छु मैले भनेको थिएँ । यही विषयमा उसले मसँग आएर विवाद गरेका हुन् ।’

शिक्षक यादवले आफूसँग उच्छृङ्खल व्यवहार गर्दै आफ्नो कोठा बन्दसमेत गरेको प्रधानाध्यापक यादवको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *