वीरगन्ज :

धनुषामा काठसहित टयाक्टर नियन्त्रणमा

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.3kViews
1472 Shares

ढल्केबर,२३ पुस । ट्याक्टर प्रयोग गरी अवैध रूपमा ओसारपसार भइरहेको काठसहित एक जनालाई वन कर्मचारीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चानानाथ नगरपालिका–६, गोदारबाट ज. १ त. ८९२८ नम्बरको टयाक्टरसहित चालक जितेन्द्र सहनीलाई कमला सब डिभिजन वन कार्यालय गोदारका वन कर्मचारीले पक्राउ गरेको हो ।

आधिकारिक कागजात नभएपछि सोमबार साँझ काठसहित ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको कमला सब डिभिजन वन कार्यालयका अधिकृत भगलु मण्डलले बताए । उनले टयाक्टरमा ६ थान काठको गोलिया रहेको जानकारी दिँदै बरामद काठसहितको टयाक्टर सब डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *