श्रेणी : प्रदेश
1.6kViews
1706
Shares
धनगढी, २४ माघ । कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका– ६ सिसैयाका २५ वर्षीय रविन्द्र राना आज बिहान साढे २ बजे मृत फेला परेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनका अनुसार मृतक राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेका थिए ।
डीएसपी बोहराले भने, ‘राना राति करिब २ बजेतिर शौचालय गएका थिए । लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।’
हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया