श्रेणी : समाचार
8Views
0
Shares
काठमाडौं । भदौ ७ गते
सोमबार राति धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक धनगढी १३ का ३० वर्षीया गंगा बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएको बोगटीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। उनकी श्रीमती ३४ वर्षीया शर्मिला राइ घाइते छन्।राइको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ।
प्रतिक्रिया