श्रेणी : खेलकुद
काठमाडौं, भदौ १९ गते ।
दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई पराजित गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो ।यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २–० ले जितेको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिएका थिए भने करण केसी, आदील अन्सारी र पवन सर्राफले १–१ विकेट लिएका थिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । रोहितले ९५ बलमा ७ चौका प्रहार गरेका थिए।यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाएका थिए ।
ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए का थिए ।करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहेका थिए ।केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २–२ विकेट लिएका थिए ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ ।
प्रतिक्रिया