वीरगन्ज :

देशले मागेको नेता हुन् प्रदीप यादव, उनलाई जिताउनै पर्छ : मतदाता प्रदीप र विचारीले दिएर रोड शो कार्यक्रमलाई निरन्तरता तेस्रो दिनपनि उत्साहजनक सहभागिताका साथ प्रदीप र विचारीको रोड शो सम्पन्न

देशले मागेको नेता हुन् प्रदीप यादव, उनलाई जिताउनै पर्छ : मतदाता प्रदीप र विचारीले दिएर रोड शो कार्यक्रमलाई निरन्तरता तेस्रो दिनपनि उत्साहजनक सहभागिताका साथ प्रदीप र विचारीको रोड शो सम्पन्न

श्रेणी : BANNER

2 years
Pradeep Sah
12Views
0 Shares

वीरगञ्ज, २ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई जिताउन भन्दै मतदाताहरु गाउँगाउँमा जुटिरहेका छन् ।

जसपा एमाले गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्रीसमेत रहेका यादव माटोले मागेको, देशले चिनेको नेता रहेकाले आफ्नो ठाउँ उज्वल बनाउन यस्ता व्यक्तिलाई जिताउनु आवश्यक रहेको भन्दै मतदाताहरु एकजुट भएर लागेका हुन् ।

जसपाका नेतासमेत रहेका यादवले यस क्षेत्रका साथै समग्र पर्सा जिल्लाको विकासका लागि अथक प्रयास गरेकाले उनलाई जिताउनै पर्ने भन्दै मतदाताहरु प्रचार प्रसारमा लागेका छन् ।

बुधबार क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरको वडा नम्बर ३० को लालपर्सा, प्रसोतीपुर, ३१ को सोलखपुर, बेलवा र मिलन चोक यस्तै ३२ को चोर्नी, परसवा, टेढा र रामबनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले संयुक्त रोड शो गर्दै मतदाताहरुसँग भेट गरेका छन् ।

भेटमा मतदाताले आउँदो कार्यकालमा अझै बढी काम गर्ने गरी पठाउन आउँदो मंसिर ४ गतेको निर्वाचनमा दुबै उम्मेद्वारलाई मतदान गरेर विजयी बनाउन आफूहरु लागि परेको बताएका थिए । रोड शोमा निस्केको जनलहरले आफूहरुमा उत्साह थपिएको पूर्व मन्त्रीसमेत रहेका नेता यादवले बताए ।

अहिलेको चुनावबाट जनताले फेरि पनि काम गर्ने मान्छेलाई चुनेर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै उनले चुनाबका बेला अनुहार देखाउन आउनेहरुसँग टाढै रहन सचेत गराए । उनले भने, ‘अहिले केही व्यक्तिहरु भ्रम छर्दै, प्रलोभन दिन घरघर आउँछन्, त्यस्तासँग बँचेर बस्नु होला, सँधै तपाईसँग को थियो अनि को रहन्छ त्यो सम्झेर मतदान गर्नुहोला ।’

यस्तै प्रदेशसभा सदस्य विचारी यादवले कसैले देखाएको ललिपपको पछि लागेर भविष्य नविगार्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *