वीरगन्ज :

देशभर फेरि सक्रिय प्री-मनसुन, आज धेरै ठाउँमा वर्षा र चट्याङको सम्भावना

श्रेणी : प्रदेश

5 hours
Pradeep Sah
2.4kViews
1069 Shares

काठमाडौ,१५ वैशाख । देशका पूर्वी भागमा रातिदेखि नै झरी परिरहेको छ भने आज पनि अधिकांश ठाउँमा पानी पर्ने सम्भावना छ । जलवायुमा देखिएको सक्रियताका कारण आज देशका विभिन्न भागहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरूमा, लुम्बिनी र कर्णालीका पहाडी भेगमा, साथै अन्य केही भागहरूमा पनि यस्तो अवस्था देखिन सक्छ । पश्चिमी वायु, स्थानीय प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले प्री-मनसुन प्रणाली सक्रिय बनाएको मौसमविद्हरू बताउँछन् ।

यो प्रभाव भोलिसम्म जारी रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *