वीरगन्ज :

देउवा, प्रचण्ड र माधव नेपालबीच नयाँ सरकार गठनका विषयमा छलफल

श्रेणी : राष्ट्रिय

3 years
birgunj report
25Views
0 Shares

काठमाडौं । निर्वाचनको मतपरिणाम अन्तिम चरणमा आइपुग्दा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ ।

सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै सरकार बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

त्यसका लागि गठबन्धनको औपचारिक बैठक छिट्टै बोलाउने विषयमा छलफल भएको बताइएको छ । प्रचण्डले शनिबार पनि प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । आजै बिहान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेका थिए ।

भेटमा पौडेलले आफू प्रधानमन्त्रीको दाबेदार रहेकाले नेपाललाई सहयोग गर्न आग्रह गरेका बताइएको छ । नेपालले भने कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार तय भएर आए सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *