वीरगन्ज :

दुुई वर्षदेखि तलब नपाएको भन्दै कालीकोटमा कर्मचारीले गरे तालाबन्दी

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.2kViews
1704 Shares

कालीकोट, १० वैशाख । कालीकोटको खाँडाचक्र नगरपालिकामा दुई वर्षसम्म तलब नपाएका करार र ज्यालादारी कर्मचारीहरूले विरोधस्वरूप कार्यालयमा तालाबन्दी गरेका छन्। नगरपालिकाका १२६ करार कर्मचारीमध्ये १२१ जनाले तलब नपाएको गुनासो गर्दै मुख्य गेटमै ताला लगाएपछि कार्यालयको सम्पूर्ण काम ठप्प भएको छ।

वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेका अनुसार पछिल्ला २१ महिनादेखि उनीहरूलाई तलब दिइएको छैन। “पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले बेवास्ता गर्‍यो। अब त एकले अर्कोलाई दोष देखाउने बाहेक केही हुँदैन भन्ने भएपछि हामी आन्दोलनमा उत्रिन बाध्य भयौं,” पाण्डेले भने।

तलब नपाएका कर्मचारीमध्ये २१ जना वन विभागका छन् भने बाँकी कार्यालय सहायक, सामाजिक परिचालक र पशु प्राविधिक छन्। आन्दोलनकारीहरूले ताला लगाउँदा कार्यालय प्रमुखसहित केही कर्मचारी भित्रै थुनिएका छन्।

तालाबन्दीका कारण नगरपालिकाको दैनिक सेवा प्रवाह प्रभावित भएको छ। काम लिएर कार्यालय पुगेका सेवाग्राहीहरू निराश भएर फर्किनुपरेको छ। “आन्दोलन गर्न बाध्य भएका हौं, यो हाम्रो रहर होइन,” एक आन्दोलनरत कर्मचारीले भने।

सञ्चालन पक्षले यसबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *