वीरगन्ज :

दुर्घटनामा परि ठाकुर रामको विद्यार्थीको मृत्यु भएको विरोधमा प्रदर्शन

दुर्घटनामा परि ठाकुर रामको विद्यार्थीको मृत्यु भएको विरोधमा प्रदर्शन

श्रेणी : BANNER

2 years
Pradeep Sah
35Views
0 Shares

वीरगंज । बाराकाे सिमराबाट परिक्षा दिएर फर्कने क्रममा ठाकुरराम बहुमुखी क्याम्पसका एक विद्यार्थीकाे सडक दुर्घटनामा परि मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा विविएस तेस्राे बर्षमा अध्ययनरत पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ९ निवासी २३ वर्षिय विजय कुमार शर्मा रहेका छन् ।

सिमरामा परिक्षा केन्द्रबाट फर्किरहेका शर्मा सवार प्रदेश २–०३–०१८ प ९६० नम्बरको मोटरसाइकल जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएकाे हाे ।

विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर ठाकुरराम क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
क्याम्पसमा अध्ययनरत शर्माको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको विषयलाई लिएर विद्यार्थीले वीरगंजमा सोमबार साँझ विरोध प्रदर्शन गरेका हुन्।

क्याम्पसमा अध्ययनरत विद्यार्थीले वीरगञ्ज बजार परिक्रमा गर्दै ठाकुरराम क्याम्पसका प्रमुखविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले क्याम्पसको लापारवाहीका कारण विद्यार्थी शर्माको मृत्यु भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा सहभागी विद्यार्थीले ठाकुरराम क्याम्पस प्रमुखको राजीनामा माग गरेका थिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *