
श्रेणी : प्रदेश
काठमाडौँ,२१ जेठ । राजधानीको तीनकुनेमा भएको घटनासँग सम्बन्धित मुद्दामा संलग्न प्रतिवादीहरूको बयान प्रक्रिया सकिएको छ। अब काठमाडौँ जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु भएको छ।
न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस अगाडि बढेको हो। राज्यविरुद्धको अभियोगमा पक्राउ परेका ५० जनामध्ये ३९ जना प्रतिवादी थुनामा छन्। अब थुनछेकपछि अदालतले दुर्गा प्रसाईंसहितका अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्नेबारे निर्णय गर्नेछ।
यसैबीच, भाटभटेनी डिपार्टमेन्ट स्टोरमा तोडफोड तथा लुटपाटमा संलग्न ठहर गरिएका ११ जनालाई भने अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। उनीहरूको थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो।
सरकारी वकिल कार्यालयले भाटभटेनी घटनामा संलग्नहरूविरुद्ध ‘आपराधिक उपद्रव’ अन्तर्गत मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया