वीरगन्ज :

दुनियाँलाई ठग्न ओली प्रधानमन्त्री भएकाे अध्यक्ष नेपालकाे दाबी

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.6kViews
1912 Shares

काठमाडौँ, २५ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई जनताप्रति गैरजिम्मेवार र सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले रातारात अध्यादेश ल्याउने शैलीको आलोचना गरे। दुई कम्युनिस्ट पार्टीहरूको गठबन्धन तोडेर कांग्रेससँग मिलेर सरकार बनाएको ओलीको निर्णयप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

“प्रधानमन्त्री पद चाहिएको भए बार्गेनिङ गरेरै पाउन सकिन्थ्यो,” अध्यक्ष नेपालले भनिन्। तर ओलीले दुनियाँ ठग्नकै लागि सत्ता कब्जा गरेको आरोप पनि उनले लगाए ।

उनले ओली सरकारलाई संख्याको मात देखाउन नचाहिने चेतावनी दिँदै नेपालमा दुई ठूला पार्टीहरूको मात्र वर्चस्व कायम गर्ने रणनीति अस्वीकार्य भएको बताए ।

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको प्रष्ट पारे। माओवादी केन्द्रसँग पनि धेरै विषयमा मतभिन्नता रहेकाले गठबन्धनको सम्भावना न्यून रहेको बताए। वामदेव गौतम र डा. भीम रावललाई भने पार्टीमा स्वागत गर्न तयार रहेको उनको धारणा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *