वीरगन्ज :

दुई लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.9kViews
1588 Shares

काठमाडौं,२५ वैशाख । नवलपरासी जिल्ला अदालत, परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।

लागूऔषधसम्बन्धी मुद्दामा जेलमा रहेका व्यक्तिलाई छुटाउन सहयोग गर्ने बहानामा सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई अख्तियारको टोलीले बुधबार नियन्त्रणमा लिएको हो।

बर्दाघाट–सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुरमा घुस लिइसकेको अवस्थामा बनियालाई रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

उनका अनुसार बनियाविरुद्ध अहिले थप अनुसन्धान जारी रहेको छ। अख्तियारले भ्रष्टाचारका घटना सशक्त रूपमा निगरानीमा राखिरहेको बताउँदै पौडेलले दोषी ठहरिएकालाई कानुनी कारबाही गरिने स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *