वीरगन्ज :

दुई महिला सहित ४७ जनाद्वारा रक्तदान

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1559 Shares

वीरगंज । पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ वीरगंजकाे आयोजनामा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको ९ औँ स्थापना दिवसको अवसरमा भएकाे कार्यक्रममा ४७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रले जनाएकाे छ ।

वीरगंज घण्टाघरमा भएकाे कार्यक्रममा दुुइ महिलासहित ४७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले वताए । रक्तदान गर्नेहरुमा ओम प्रकाश साह, अभिषेक कुमार, मुनिलाल पण्डित, राम आशिष प्रसाद, नरेश महतो लगायतका रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बिरेन्द्र राज कडेँलकाे प्रमुख आतिथ्यततामा भएकाे कार्यक्रममा पशुपंक्षी औषधी बजार प्रतिनिधि संघका संस्थापक अध्यक्ष तुलसी भण्डारी, श्याम कुशवाहा, दिनेश तिवारी, नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता लगायतको उपस्थिती रहेको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *