बीरगन्ज, १४ फागुन । बारा प्रहरीले दुई फरार प्रतिबादीलाई पक्राउ गरी जिल्ला अदालत बारमा दाखिला गरेको छ ।
जिल्ला अदालत बारबाट चेक अनादर मुद्दामा दोषी ठहर भई दण्ड सजाय तोकिएका दई जनालाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वाडा न. २७ का तसलिमा खातुन र सोही ठाउँका दिलहोदा देवानलाई घरमा लुकीचिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि बारा जिल्ला अदालत, कलैयामा बुझाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै प्रतिवादीलाई अदालतले ३,००० रुपैयाँ जरिवाना तोकेको थियो।
प्रतिक्रिया