वीरगन्ज :

दुई ठूला दलको सरकारबाट सुधारको सङ्केत नदेखिएकाे यादवकाे दाबी

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.8kViews
1800 Shares

काठमाडौं, १८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई ठूला दल मिलेर सरकार बने पनि सुधारका कुनै सकारात्मक सङ्केत देखा पर्न नसकेको बताएका छन् ।

अवधी पत्रकार संघ नेपालले विहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भए पनि सुधारका कुनै सकारात्मक सङ्केत देखा पर्न नसकेको टिप्पणी गरेका हुन् ।

नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनिक, विकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनको भनाइ छ ।

अध्यक्ष यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरूले धेरै अघि नै आन्दोलन गरेको भन्दै अव संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे ।

उनले विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले सङ्घीय सरकारले आवश्यक कानून बनाउन नसक्दा सङ्घीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *