वीरगन्ज :

दिव्य विकास स्राेत केन्द्रकाे बार्षिक समिक्षा बैठक सम्पन्न

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.1kViews
1220 Shares

वीरगंज । दिव्य विकास स्राेत केन्द्रकाे जिल्ला स्तरिय बार्षिक समिक्षा बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे बैठकमा सहभागिहरुले संस्थाले गरेका काम सराहनिय रहेकाे वताए । सरकारकाे आँखा नपुगेकाे ठाउँमा संस्थाले काम गरेकाे देखिएकाे बैठकमा वाेल्ने वक्ताहरुकाे भनाई थियाे ।

जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन पटेलले सरकारकाे आँखा नपुगेकाे ठाउँमा संस्थाले कठिन भन्दा कठिन काम गरेकाे वताए । उनले सडक ढलान मात्र विकास रहेकाे भन्दै समाजिक विकास पनि जरुरी रहेकाे वताए ।

उप प्रमुख पटेलले संस्थाले कम बजेटमा धेरै काम गरेकाे अनुगमनकाे क्रममा आफुहरुले देखेकाे वताए ।

बैठकमा संस्थाका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले संस्थाले संचालन गरेका कार्यक्रमकाे बारेमा प्रस्तुती मार्फत जानकारी गराएका थिए ।

उनले संस्थाले संचालन गरेकाे स्थानिय अधिकार कार्यक्रम, स्वयंसेवक परिचालन कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम र किशाेर किशाेरी प्रजनन् स्वास्थ्य परियाेजना अन्तर्गत भएका काम र उपलब्धिकाे बारेमा जानकारि गराएका थिए ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन कुमार सर्राफकाे अध्यक्षतामा भएकाे बैठकमा गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का,  समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रबेश साह, दिव्य विकास स्राेत केन्द्रका अध्यक्ष उमेश चाैहान, कार्यकारी निर्देशक रामाकान्त पटेल लगायतकाे सहभागिता रहेकाे थियाे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *