वीरगन्ज :

दिब्य विकास स्रोत केन्द्रकाे अध्यक्षमा पुन: उमेश चौहान सर्वसम्मत

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.1kViews
1837 Shares

वीरगंज (पर्सा), १ मंसिर । दिब्य विकास स्राेत केन्द्र बिरन्चीवर्वाकाे अध्यक्ष पुन: उमेश चौहान सर्वसम्मत चयन भएका छन । संस्थाकाे २८ औ साधारण सभाकाे बन्द सत्रले चौहानकाे योग्यदानको कदर गर्दै पुन: अध्यक्ष चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष चाैहानले नै सम्मपुर्ण पदाधिकारी चयन र मनोनित गर्ने माईनडेड २८ औ साधारण सभाले दिएको केन्द्रका गणेश ठकुरीले जानकारी दिए । पुन: अध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिय दिदै चौहानले आआफना घरमा बुवाआमाले आफनो सन्तानलाई परिपक्व र बलियो कसरी बनाउने दिशामा संस्थाको जोड हुने बताए ।

उनले कमजोर सन्तान भए पछि मात्रै घर, समाज र देशको अवस्था कमजोर भएर बिदेश तथा खाडी जानु पर्ने बाध्यता रहेको बताए । कार्यक्रममा संस्थाका प्रतिनिधी रामाकान्त पटेलले २०८०।२०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन काेषाध्यक्ष कन्हैया साहले प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सहजीकरण कर्मचारी गणेश ठकुरीले गरेका थिए । कार्यक्रममा संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई कदरपत्र सहित दोसाला ओढाई सम्मान समेत गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *