वीरगन्ज :

दिदीबहिनी मृत फेला

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.4kViews
1290 Shares

सुदूरपश्चिम, २७ चैत । कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका-१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् ।

स्थानीय कलेसु चौधरीकी २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताउनुभयो ।

“प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थल पुग्नुभएका प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ ।”  (रासस)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *