वीरगन्ज :

दावा लामाको कनेक्सन पूर्वप्रहरी प्रमुखहरुसँग रहेको सभापति लामिछानेको दाबी

श्रेणी : BANNER

2 years
birgunj report
87Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन पूर्वप्रहरी प्रमुखहरुसँग रहेको दाबी गरेका छन् ।

बुधबारको प्रनिनिधिसभा बैठकमा सभापति लामिछानेले केही पूर्वप्रहरी प्रमुखहरुसँग दावाको सम्पर्क देखिएको सूचना प्रहरीले आफूलाई दिएको दावी गरेका हुन् ।

सभापति लामिछानेले उनीहरुको नाम नखुलाएपनि सरकारले चाहेका सूचना सरकारलाई दिने बताएका छन् । उनले भने, ‘सरकारका बहालवाला एक महानिर्देशकले सुन आएको कुराको जानकारी लामा भनिएका व्यक्तिलाई फोटोसमेत पठाएको जानकारी प्रहरी नेतृत्वले मलाई दिएका छन् । यसमा संलग्न केही बिचौलियाहरूबारे जानकारी पनि उपलब्ध गराएका छन् । यसको जानकारी सम्बन्धित निकायलाई गराउनेछु।’

उनले लामासँग केही पूर्वप्रहरीहरूको पनि कुराकानी भएको सूचना प्राप्त भएको बताएका छन् । उनले यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले दावा भनिएका व्यक्तिसँग प्रहरीका उच्चअधिकारीको टेलिफोनमा भएको रेकर्ड संसदले जस्ताको त्यस्तै हेर्न पाउनुपर्ने माग गरेका छन् । त्यस्तै उनले राजनीतिक परिवर्तनका लागि बाबुपुस्ताले खेलेको भूमिकाको जगमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाए ।

माओवादी केन्द्रका कतिपय नेताका छोराछोरी विभिन्न अनियमितता प्रकरणमा मुछिएकोतर्फ लक्षित गर्दै लामिछानेले सरकारले सुशासनको कुरा गरे पनि ‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा आशंका रहेको बताए ।

उनले भने, ‘गोलीसँग नडराएका बाबुआमाले ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नवयुवराजहरु, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलाप आएको छ हामीले देख्दै आएका छौं । यो निन्दनीय छ ।’

उनले सरकारले सुशासनको कुरा गरेको र आफूहरुले शंकाको सुविधा दिइरहेको भन्दै सरकारलाई सही ढंगले अनुसन्धान अगाडि बढाउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *