
श्रेणी : BANNER
12Views
0
Shares
दाङ । दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ । पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्यूठानकी एक ७३ वर्षीया वृद्धामाथि बलात्कार भएको हो ।
प्रहरीले बलात्कारमा संलग्न तुलसीपुर–१५ का पुष्कर रोका र सल्यानको कुमाख–७ का रेशम विकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिएका छन् ।
प्रहरीकाअनुसार बलात्कार गरिरहेकै अवस्थामा उनीहरु पक्राउ परेका छन् । बृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गराई तुलसीपुरकै सेफ हाउसमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया