वीरगन्ज :

दाइजाेकाे विषयमा विवाद हुँदा विहे नै भाँडियाे, बेहुलासहित ५ जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.4kViews
1451 Shares

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवामा सोमबार राति दाइजोकाे विषयमा विवाद हुँदा विहे नै भाँडिएकाे छ । विहेकाे कनिया निरिक्षनमा गहना चढाउने विषयमा विवाद भई झडप हुँदा प्रहरीले बेहुलासहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ ।

विहे भाँडिएपछि प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी २८ बर्षिय उमेश साह गाेढ (बेहुला), बेहुलाका बुबा ६० बर्षिय बच्चालाल साह गाेढ, दाजुहरु ४२ बर्षिय राकेश साह र ४० बर्षिय मुकेश साह, बारा कै परवानीपुर गाउँपालिका वडा नं. ५ निवासी भिनाजु ४५ बर्षिय रामएकबाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

रामगढवामा साेमबार राति उमेशको विवाहको लागि जन्ती आएकोमा  सामाजिक परम्परा अनुसार विवाह भैरहेकाेमा साेही दिन रातीको ०२:०० बजेको समयमा बेहुला पक्षबाट दाईजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा निजका आफन्तहरूले वेहुली पक्षकाहरूसंग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली खटि गई उक्त विवाह रद्ध गर्नेहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेकाहरु विरुद्ध विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट २ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

स्थानियका अनुसार उमेशकाे विहे वीरगंज २४ रामगढवाका सुखल साहकी छोरी २४ बर्षिय रमिता कुमारीको संग भइरहेकाे थियाे । वैवाहिक कार्यक्रम सुरु भई बेहुला र बेहुलीबच बरमाला(स्वयम्बर)पनि धुमधामकासाथ सम्पन्न भइसकेकाे थियाे ।

त्यसपछि विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री माँगेको विषयमा बेहुली पक्षसंग विवाद हुदाँ कुटपिटसमेत भई विहे नै भाँडिएको स्थानियकाे भनाई छ ।

बेहुला उमेश वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । बेहुली रमिता वीरगंज कै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।

बेहुलीका भाई सुजित साहका अनुसार बेहुली पक्षले दाइजोमा बेहुला पक्षलाई नगद आठ लाख ५० हजार रुपैयाँ, मोटरसाइकल बापत नगद ३ लाख २५ हजार रुपैयाँ, ६५ हजार रुपैयाँको एक थान ल्यापटप, करिब ४० हजार रुपैयाँ मुल्यको सुनको सिक्री विहे अगाडि नै दिइसकेको थियो ।

त्यसका बाबजुदपनि सोमबारराति विहेको मण्डप मै बेहुला र उनका भिनाजुले दाइजोमा थप सुनको सिक्री नपाएको निहुँ खोजेपछि झडप भएकाे थियाे । त्यसपछि मंगलबार विहान वडा प्रहरी कार्यालय श्रीपुरमा भएकाे छलफल क्रममा सहमति जुटन नसकेपछि विहे अन्याेल भएकाे हाे ।

छलफलकाे क्रममा बेहुली रमिताले उमेशसंग विहे नगर्न अडान राखेकी थिइन । उनले भनिन “दाइजोकै लागि मेरो घरपरिवारको इज्जत लिलाम गर्ने केटासंग म विहे गरेर बस्न सक्दिन । म उसंग कुनैपनि हालतमा विहे गर्न सक्दिन ।’ उनले थपिन्,‘ दाइजोकै लागि मजस्तै अरुपनि चेलीबेटी र उसको परिवारको यस्तो नहोस् अनि दाइजोका लोभीलाई सबक होस् भनेर मैले यो निर्णय लिएकी हुँ।’ कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *